प्रहरी अधिकारी सबैलाई मामा भन्ने गोरेको योजनामा ४२१ पटक सुन तस्करी ।।



सैघाली खबर/काडमाण्डौँ, २० बैशाख ।
चूडामणि उप्रेती (गोरे) को योजनामा ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको छ । चार वर्षयता नेपालमा संगठित रुपमा सुन तस्करीको ¥याकेट चलाइरहेका चूडामणि उप्रेती (गोरे) को योजनामा ४२१ पटक सुन तस्करि भएको खुलेको हो । साढे ३३ केजी सुन प्रकरणको छानविन गर्न गठित समितिले विभिन्न स्थानबाट बरामद गरेको रजिष्टरमा ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको हो ।

साढे ४ वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको समितिलेको निष्कर्ष छ । समितिले बरामद गरेको रिजष्ट्रारमा सुन ल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएको व्यक्तिको नाम र भरियाको नाम समेत उल्लेख भएको छ । उनीहरुले सुन तस्करीका लागि तत्कालीन विमानस्थल प्रहरीको सिङ्गो सेटसँगै सेटिङ मिलाएर भेटिएको छ । गोरे समूहले प्रहरीसँग सेटिङ मिलाउन कुल २ करोड २० लाख ७७ हजार रुपैयाँ प्रहरीलाई बुझाएको लेजर समेत फेला परेको छ ।

प्रहरीलाई बुझाएको रकमको विस्तृत विवरण समूहले एउटा डायरीमै उल्लेख गरेको छ । गोरेले प्रहरी अधिकारीहरुलाई मामा भनेर सम्बोधन गरेका छन् । र, तत्कालिन प्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री, प्रहरी उपरक्षिक विकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का र प्रहरी हवल्दार अम्बरबहादुर थापा मगरले पैसा लिएको अभिलेख भेटिएको छ ।

त्यसरी तत्कालीन डीआईजी निरौलाले ३ पटक गरेर १७ लाख रुपैयाँ, एसएसपी श्याम खत्रीले १६ पटकमा १ करोड १२ लाख ९२ हजार रुपैयाँ, एसपी विकासराज खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ र डिएसपी सञ्जयबहादुर राउतले ६ पटकमा १५ लाख रुपैयाँ गोरेबाट लिएको खुलेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्