यातायात व्यवसायीको माग ‘फेस सेभ’



सैघाली खबर
काठमाण्डौ , २० वैशाख ।  आन्दोलनमा नजाने गरी बामनिकट यातायात व्यवसायीले सरकारसँग दुई शर्तहरू अघि सारेका छन् । उनीहरुले आफूहरुको पनि ‘फेस सेभ’ हुनुपर्ने भन्दै दुर्घटनामा घाइते यात्रुको सम्पूर्ण क्षतिपूर्ति बहन हुने किसिमको बीमा र प्रोपाइटरी फर्ममा गाडी र्दा गर्न दिनुपर्ने प्रस्ताव गरेका छन् ।

कम्पनीमा जान ५ वटा गाडी हुनैपर्ने प्रावधानलाई संशोधन गरेर ३ वटासम्ममा ल्याउन पनि उनीहरुको माग छ । सरकारले आफ्ना शर्तहरुको सम्बोधन गर्ने ग्यारेन्टी गरे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलनलाई असफल बनाउने गरी गाडी उनीहरु तयार भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । अनिवार्य रुपमा कम्पनी पञ्जीकरण र समिति नवीकरण गर्ने बाहेकका विषयमा छलफल गर्न सरकार तयार भएको छ ।

यी विषयमा आज सिंहदरबारमा बाम व्यवसायीसँग सरकारले गोप्य वार्ता गरेको छ । बाम निकट व्यवसायीका रुपमा पृथ्वी राजमार्ग बस व्यवसायी समिति र पश्चिम नेपाल बस व्यवसायी संघ आन्दोलनमा नजाने मुडमा देखिएको छ । यी दुर्इ समितिसँग झण्डै ५ हजार सार्वजनिक सवारी छन् ।

तर, गाडी चलाउनका लागि प्रोप्राइटरी फर्ममा एउटा मात्रै बस भएका व्यवसायीलाई पनि दर्ता हुन दिनुपर्ने माग उनीहरुको छ । यस्तै अहिलेको बीमा पोलिसीले यात्रुको ३ लाखसम्मको मात्रै बीमा गर्ने विषय समेटेको छ ।

‘घाइतेको उपचारमा लाग्ने खर्च कहिलेकाँही १० लाखसम्म पनि पुग्ने भएकाले थोरै बीमा रकमले जोखिम बेर्होन नसक्ने व्यवसायीको कुरा नाजायज छैन । त्यसैले बीमा पोलिसीमा संशोधनको कुरामा सरकारले चासो दिन्छ,’ यातायात मन्त्रालयका एक अधिकारीले भने,’प्रोपाइटरी र्फममा जान पनि समस्या छैन । त्यसैले व्यवसायीसँग सहमति हुन सक्छ ।’

यातायात व्यवस्था विभाग पनि कम्पनीका लागि ५ वटा सवारी चाहिने व्यवस्थालाई ३ वटासम्ममा झार्न सकारात्मक छ । महासंघले भोलि देशभर सार्वजनिक यातायात सेवा ठप्प पार्दै छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्