तुलसीपुर आउँदै गरेको यात्रुवाहक बसमा बम प्रहार



सैघाली खबर,
दाङ २२ बैशाख।
काठमाडौंबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुवाहक बसमा बम प्रहार गरिएको छ । मालिका कालिका यातायात प्रालिको ना ६ ख ३९७० नम्वरको बसमा आज बिहान ५ वजे बम प्रहार भएको प्रालिका अध्यक्ष सुमन पोख्रेलले जानकारी दिनुभयो ।

पोख्रेलका अनुसार ४ नम्वर र गोरुसिंगेको बीचमा पर्ने वनगैं भन्ने स्थानमा २ जनाको समूहमा आएका युवाहरुले पेट्रोल बम प्रहार गरेका हुन् । बम प्रहारबाट गाडीमा आगो सल्किदै गरेको अवस्थामा यात्रुहरुले आगो नियन्त्रणमा लिएकाले क्षति हुनबाट बचेको अध्यक्ष अध्यक्ष पोख्रेलले दाङ खबर डट कमलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार गाडी अहिले गोरुसिंगेका राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्