गाउँका नागरिकलाई स्वास्थ्य सेवा



 

दाङ २२ बैशाख ।दंगीशरण २ गोल्टाकुरीमा एकीकृत घुम्ति शिविर भएको छ । जिल्ला प्रशासन कार्यालय दाङ र दंगिशरण गाउँपालिकाको आयोजनामा शिविर भएको हो । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्टको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन गरिएको हो ।

त्यस अबशरमा प्रमुख अतिथि श्रेष्ठले सेवाको पहँुचमा पुग्न नसकेकालाई गाउघरमै सेवा दिने उदेश्यले आयोजना गरेको उनले बताए ।

शिविरमा स्थानीय तह र प्रशासनवाट नागरिक्ता, विवाह, जन्म, मृत्युदर्ता, नाताप्रमाणित, सर्जमिन सेवा प्रदान गरेको दंगिशरण गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर वस्नेतले जनकारी दिए । त्यसैगरी स्वास्थ्य सेवा अन्तरगत आखा चेकजाच, स्वास्थ्य परिक्षण, औषधि वितरण गरएको स्वास्थ्य संयोजक विष्णु क्षेत्रीले जानकारी दिए । त्यसैगरि कृषि अन्तरगत माटो परिक्षण, बिउ वितरण, प्रविधिक परामर्स शिविरमा प्रदान गरिएको संयोजक सरु भुषालले जानकारी दिए ।

विहान ८ वजेदेखि सुरु भएको शिविरमा पशु सेवा अन्तरगत पशु स्वास्थ्य सेवा, विभिन्न रोग विरुद्धका खोप, ओषधि वितरण गरिएको पशु सेवा संयोजक भरत देवकोटाले जानकारी दिए । शिविरमा नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही र नागरीक आवज ललितपुरको साझेदारीमा सञ्चालन भएको सियमपिआर कार्यक्रमका शान्ति स्वयम सेवकले सहयोग गरेका थिए । शिविरमा करिव पाच सय भन्दा वढिले सेवा लिएको प्रशासकिय अधिकृत दलबहादुर वस्नेतले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्