केन्द्र प्रमुख तथा उपप्रमुखको समीक्षा गोष्ठी सम्पन्न



देविराम कुसारी
दाङ, २३ वैशाख

नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनमा केन्द्र प्रमुख तथा उप(प्रमखहरुको लागि एक दिने गोष्ठि आज तुलसिपुरमा सम्पन्न भएको छ ।
लघुवित्त कार्यक्रमले आर्थिक विकाससंगै सामाजिक सहिष्णुता कायम गरेको हुदा कार्यक्रमको अझ महत्व भएको सहभागिहरुले वताएका छन् ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र तुलसिपुर ७ नम्वर समुहका प्रमुख शुसिला बुढाथोकीको अध्यक्षता तथा सेवा केन्द्रका सहनिर्देशक शारदा शर्मा, योजना तथा सुपरिभिजन प्रमुख मेनुका गिरी, ईलाका प्रवन्धक ऋषिराज पाण्डेय, उद्यम अधिकृत निशित अधिकारी लगाएतले वोल्नु भएको थियो ।
वरिष्ठ फिल्ड सहायक ईन्दिरा खड्काको स्वागत मन्तव्य वाट सुरु भएको गोष्ठि रामकलि पुन, अमृता विक, खिमा पोख्रेल लगाएतले वोल्नु भएको थियो । सेवा केन्द्रका विपना घिमिरेले सहजिकरण गरेको गाष्ठीमा उठेका जिज्ञासामाथि शारदा सर्माले प्रकाश पार्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्