संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु



सैघाली खबर
काठमाण्डौं,२३ बैशाख

संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु भएको छ । बैठक बैठक सुरु भएपछि सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आज अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको थियो ।

प्रतिनिधिसभाको पहिलो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, कानुनमन्त्री शेरबहादुर तामाङले ’संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेश, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश प्रस्तुत गर्नुभएको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्