एमालेसँगको एकता बारे यस्तो भन्छन् प्रचण्ड



सैघाली खबर,
काठमाडौं २४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंगको पार्टी एकता केही दिनमै टुंगिने बताउनुभएको छ । सोमबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा उहाँले अब बस्ने पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकताको विषयलाई टुंग्याउने दावी गर्नुभएको हो ।
संयोजन समितिको बैठक केही दिनमै बस्ने जानकारी पनि उहाँले दिनुभयो । माओवादी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता सकारात्मक भइरहेको जानकारी गराउनुभएको थियो ।
बैठकमा अध्यक्ष दाहालले पार्टी एकताका विषयमा दुई दलबीच समान धारणा बनाउनुपर्ने भएकाले पार्टी एकतामा केही ढिलाई हुन गएको जानकारी गराएको पनि प्रमुख सचेतक गुरुङले जानकारी दिनुभयो । बैठकमा बजेटलाई कसरी जनमुखि र प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल गरिएको थियो ।
संघ, प्रदेश र स्थानीय तहको बजेट बाँडफाँडका विषयमा पनि सांसद र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुबीच एकरुपता ल्याउने विषयमा पनि बैठकमा छलफल गरिएको थियो । बैठकमा सांसदहरुले पार्टीको घोषणापत्र अनुसार बजेट निर्माण गर्न सुझाव दिएका थिए । माओबादी संसदीय दलको बैठक भोलि बिहान पनि बस्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्