दाङमा यसबर्ष आँप उत्पादन घट्ने



सैघाली खबर,
दाङ २४ बैशाख । दाङमा यस बर्ष आँप उत्पादन घट्ने देखिएको छ ।गत बर्षको तुलनामा यस बर्ष आँप उत्पादनमा कमी आउने जिल्ला कृषि बिकास कार्यालय दाङले जानकारी दिएको छ । यस बर्ष अफ एयरको सिजन भएकाले आँप उत्पादनमा गिरावट आउने जिल्ला कृषि बिकास कार्यालयका वाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले जानकारी दिनुभयो ।

गत बर्षको भन्दा करिब ५० प्रतिशत आँप उत्पादनमा कमी आउने उहाँले वताउँनुभयो ।यस बर्ष अफ एयर भएकाले हजार फूलमा एउटा मात्रै फल लाग्ने भएकाले आप उत्पादनमा कमी आउँने उहाँले जानकारी दिनुभयो ।अफ एयर सिजनमा धेरै फुलहरु फुल्ने तर कमै मात्रामा फलहरु लाग्ने भएका कारण यो बर्ष आप उत्पादनमा कमी आउँने बताउँनुभयो ।यसवर्ष फटके किरा र हाँगामा गवारो लाग्ने भएका कारण पनि समस्या देखिएको वताउँनुभयो ।

वाली बिकास अधिकृत बस्नेतका अनुसार आँप खेति ब्यबसायीक रुपमा हुन नसक्दा बाहिर बाट ल्याउनु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ।जिल्लामा आँप खेतिका लागि पवननगर ,मानपुर र विजौरी क्षेत्र उपयुक्त रहेको समेत बताउँनुभयो ।दाङमा स्थानीय बिजु,सुपारी दसहरी,माल्डा,अम्रपाली,नागपुरे,बम्बे जातका आँपहरु उत्पादन हुने गरेको उहाले वताउँनुभयो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्