१६ एसएसपी डिआईजीमा बढुवाका लागि सिफारिस (सूचीसहित)



सैघाली खबर,
काठमाण्डौ २५ बैशाख ।गृह मन्त्रालयले १६ जना एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको छ।

नेपाल प्रहरीमा जनपथतर्फ प्रहरी नायब महानिरीक्षकमा ९डिआईजी० बढुवा गर्न बसेको बढुवा समितिको बैठकले सोमबार गरेको निर्णय अनुसार १६ जना प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० लाई प्रहरी नायव महानिरीक्षक ९डिआइजी० मा बढुवा गर्न सिफारिस गरेको हो।

प्रहरी नियमावली २०७१ संशोधनसहित को नियम २७ को उपनियम १४ अनुसार चैत २८ गतेदेखि रिक्त रहेका २३ डिआईजीमध्ये १६ को मात्र बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ।बाँकी ७ पद खारेज भएको हो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यसअघिनै अनावश्यक पद खारेज गर्ने बताएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्