दुर्घटनाले पनि छेकेन खानेपानी



सैघाली खबर,
घोराही २५ बैशाख।

खानेपानी समस्याका लागि डेलिकेशनमा घोराही खानेपानी उपभोक्ता समितिको टोली खानेपानी मन्त्रि बिना मगर संग भेटघाट गरेको छ । एमाले नेता विवेक श्रेष्ठ, घोराही खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष देवीबहादुर डिसी, सचिव सुमन शर्मा र कोषाध्यक्ष धु्रव रेग्मी,पत्रकार महासघंका अध्यक्ष सबिन प्रियासन लगाएतका टोलीले बिभिन्न माग सहित ज्ञापनपत्र बुझाएको हो ।

घोराहीका बिभिन्न वडामा पानीको अभाब भएका कारण सो ज्ञापनपत्र बुझाएको हो । खाने पानी मन्त्रि मगरले सो अबसरमा खानेपानीको क्षेत्रमा आफुले बजेटको हिसाबले कार्ययोजना अगाडी बढाउने आस्वासन ब्यक्त दिनुभएको हो ।
उक्त अबसरमा सांसद शान्ता चौधरीले बगलांचुलीमा पनीको अलि बढि नै अभाब भएको कुरा बताउनु भएको थियो भने दांगबाट काठमाण्डौ जादै गर्दा स्कापियो जीप धादिगंको गल्छीमा दुर्घटना समेत हुँदा घोराही खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष देवीबहादुर डिसी सहित पाच जना घाइते हुनु भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्