आज कानून दिवस, नेपालमा न्यायालय ऐन जारी गरेको दिनको स्मरण गर्दै मनाइदैं



सैघाली खबर
काठमाडौं, २६ वैशाख
आज कानून दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । नेपालमा विक्रम संवत् २००९ बैशाख २६ गते न्यायालय ऐन जारी गरेको दिनको स्मरण गर्दै आजको दिनलाई कानून दिवसको रुपमा मनाउन थालिएको हो ।

कानूनी राजले नै लोकतन्त्र जोगाउने निश्चित छ । यस वर्ष संविधान कार्यान्वयनले समेत सार्थकता पाउँदै गएको परिवेशमा कानून दिवसको अझ महत्व रहेको छ । नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवम् नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोध गर्नुपर्ने आवश्यकता रहेको भनाईहरु आउने गरेका छन् । यसैबीच कायम मुकाम प्रधानन्यायाधीश दीपकराज जोशीले कानून दिवस २०७५ का अवसरमा सम्पूर्ण न्यायप्रेमी नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल प्रधान न्यायालयको ऐन, २००८ लागू भएको दिनको स्मरणमा प्रत्येक वर्ष मनाइँदै आएको कानून दिवस नेपालको न्यायिक इतिहाससँग सम्बन्धित विशेष अवसरका रुपमा रहेको सन्देशमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्