प्रचण्ड र बेइजिङका सेक्रेटरी लिजियाङ नेतृत्वको टोलीबीच भेटघाट



सैघाली खबर,
बैैैैशाख २६ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष प्रचण्डले चीनको राजधानी बेइजिङका सेक्रेटरी लिजियाङ नेतृत्वको टोलीसँग भेटवार्ता गरेका छन् ।

बुधवार बिहान खुलटारस्थित आफ्नो निवासमा लिजियाङ नेतृत्वको टोलीसँग छलफल गर्दै प्रचण्डले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका थिए ।

 

 

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार, प्रचण्डले पर्यटन क्षेत्रको विकासका लागि चिनियाँ जनता र सरकारको चासो बारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वास दिलाएका थिए ।

प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमण हुँदा तत्कालिन राष्ट्रपति हु जिन्ताओसँग यही कनेक्टिभिटिका विषयमा छलफल भएको स्मरण गर्दै प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री बनेपछि पनि यही विषयमा राष्ट्रपति सि जिङपिङसँग छलफल भएको स्मरण गराएका थिए ।

चिनियाँ टोलीले चिनियाँ जनताहरुको आकर्षक गन्तव्य नेपाल भएकोले नेपालको पर्यटन प्रबद्र्धनमा चिनियाँ लगानीकर्ता लोभिएको बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्