नेपाल प्रहरीका २२ जना एसपीहरू एसएसपीमा बढुवा



काठमाडौं, २६ वैशाख । नेपाल प्रहरीले २२ जना एसपीलाई एसएसपीमा बढुवा गरेको छ ।

गृह मन्त्रालयको बढुवा समितिले मंगलबार २२ एसपीको बढुवा सिफारिस गरेको हो । एसपी राजेन्द्र ढकाल पहिलो नम्बरमा बढुवा भएका छन् । दोस्रोमा सहकुलबहादुर थापा, तेस्रोमा अरुणकुमार बिसी बढुवा भएको सूचनामा उल्लेख छ ।

बढुवा समितिले सोमाबार मात्र १६ एसएसपीको डिआइजीमा बढुवा गरेको थियो ।

एसपीबाट एसएसपीमा बढुवा हुनेमा प्रकाश अधिकारी, सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, शरदकुमार खत्री, हरिराज वाग्ले, दिलिपबहादुर बस्नेत, पूजा सिंह, बिभुतिराज पाण्डे, बिक्रमबहादुर चन्द, भोजजंग शाह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेनद्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्