वडा कार्यालय भवनको शिल्यान्यास



 

सैघाली खबर,
दाङ,२८ बैशाख । दाङको घोराही उप महानगरपालिका वडा नम्वर ७ को वडा कार्यालय भवनको आज शिल्यानास गरिएको छ । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले भवनको शिल्यान्यास गर्नुभएको छ ।

भवनको शिल्यान्यास गर्दै मेयर चौधरीले वडा कार्यालयको भवन निर्माणपछि जनतालाई सेवा दिन थप सहज हुने बताउनुभयो । नगरपालिकाको भ्याट बाहेक ५७ लाखको लागतमा भवन निर्माण हुन थालेको हो । भवन निर्माणको जिम्मा जयमा स्वर्गद्धारी निर्माण सेवाले पाएको छ । तीन कोठा,एक हल,शौचालय तथा पर्खाल सहितको भवनको निर्माण कार्य आगामी असोज सम्म सम्पन्न हुने निर्माणका कम्पनीका बसन्त कुवरले जानकारी दिनुभयो । भवनको अभावमा अहिले वडा कार्यालयले चार वटा कोठा भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्