मोदीको विरोध गर्ने सिपी गजुरेलसहित २९ जना पक्राउ



सैघाली खबर,
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा कार्यक्रम गर्न खोज्ने २९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

राजधानीको रत्नपार्कमा मोदी विरोधको कार्यक्रम गर्न लाग्दा नेकपा क्रान्तिकारीका नेता सिपी गजुरेलसहित २९ जनालाई प्रहरीले पक्रेको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार कार्यक्रम गर्नुअघि नै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ परेको २४ पुरुष र पाँच महिलालाई परिसरमा राखिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्