नेपाली तीर्थयात्री सवार बस दुर्घटना, एकको मृत्यु, ३४ जना घाइते



सैघाली खबर,
बाँके । भारतको बहराईचमा तीर्थयात्राका लागि जाँदै गरेको अवस्थामा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर –३, कालाफाँटाका स्थानीय सवार बस भारतको श्रावस्ती मुलिनपुरमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।दुर्घटनामा परि ३४ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा कालाफाँटाकी राबिया बेगम खाँको ज्यान गएको छ । यसैबीच घाइतेहरुको उपचार भइरहेको श्रावस्ती भिन्गास्थित सरकारी अस्पताल संयुक्त जिल्ला चिकित्सालय पुगेर नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले घाइतेहरुको अवस्था बारे जानकारी लिनुभएको छ । दुर्घटनामा घाइते भएकामध्ये हासिम खाँ र तलबुना खाँलाई थप उपचारका लागि अस्पतालले लखनउ रेफर गरेको छ ।

घाइतेमध्ये सरिफुल खाँ, हासिरा खाँ, हसनतुल खाँ, हलिमा खाँ, साइरा बानो र चाँदनी खाँको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ । बहराइचस्थित सइयद मकसुद गागीको दर्शनका लागि हिँडेका कालाफाँटाका स्थानीयहरु सवार बस शुक्रवार दुर्घटनामा परेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्