बुहारीको कुरा सुनेर आमा रुन थाल्छिन र भन्छिन- भगवान, तपाइँले मलाई छोरी दिनु भएन



छोरा-बुहारी आफ्नो बेडरूममा कुरा गरिरहेका थिए, ढोका खुल्लै भएको कारण उनीहरुको कुरा बाहिर कोठामा बसिरहेकी बुढी आमाले पनि सुनिरहेकी थिईन । छोरा- हामी आफ्नो जागीरको कारणले गर्दा आमाको ध्यान राख्न सक्दैनौं, त्यसैले उहाँलाई बृद्धाआश्रम भर्ती गराईदिउँ “त्यहाँ उनको हेरचाह पनि हुन्छ र हामी पनि कहिलेकहिँ भेट्न जाँदै गरौंला ।

छोराको कुरामा “बुहारीले जुन जवाफ दिईन, त्यो सुनेर आमाको आँखाबाट आँसु निस्किए । बुहारी- पैसा कमाउनको लागि त पूरा जिन्दगी छ हजुर, तर आमाको आशिर्वाद जति पनि मिलोस् त्यो कम हुन्छ “उहाँलाई पैसाभन्दा धेरै हाम्रो साथको जरुरत छ ।

यदि मैले जब गरिन भने पनि धेरै नोक्सान नहोला, म आमासँगै बस्छु, बरु घरमै बच्चाहरूलाई ट्युशन पढाउँछु, जसकारण आमाको हेरचाह पनि हुनेछ । याद गर्नुस्, बचपनमै तपाइँको बुवा बित्नुभयो, तपाइँकी आमाले निक्कै दुख कष्ट सहेर तपाइँको पालनपोषण गर्नुभयो, तपाइँलाई पढाउनु भयो लेखाउनु भयो, यत्तिको सक्षम बनाउनु भयो ।

त्यतिबेला उहाँले तपाइँलाई कहिल्यै छिमेकीको भरोसामा छोड्नु भएन, कारण: तपाइँको हेरचाह उहाँ बाहेक अरु कसैले राम्रोसँग गर्न सक्दैन्थ्यो । र आज त्यही आमालाई तपाइँ यस्तो भन्दै हुनुहुन्छ?? तपाइँ जेसुकै भन्नुस्, तर आमा हाम्रो साथमै रहनुहुनेछ, सधैं, अन्तिम क्षण सम्म ।

बुहारीको कुरा सुनेर आमा रुन थाल्छिन, र रुँदै पुजा कोठामा पुग्छिन, ईश्वरको अगाडि उभिएर आमा उनको आभार व्यक्त गर्दै भन्छिन- भगवान, तपाइँले मलाई छोरी दिनु भएन, यसकारण धेरैपटक मैले तपाइँको अपमान गरेकी थिएँ, तर.. आज यस्तो लक्ष्मी मेरो घरमा दिनुभयो “तपाइँको आभार कसरी प्रकट गरुँ ?
लक्ष्मि जस्ती बुहारी पाएर मेरो जिन्दगी सफल भयो भगवान, धेरै धेरै धन्यवाद तपाइँलाई ।
Source:Nepali News

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्