प्यूठानमा बस दुर्घटनामा परि पाँचको मृत्यु,२५ घाइते



सैघालील खबर
प्यूठान ,३० बैशाख

प्यूठानको बडडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस आइतबार बिहान प्यूठानको सरुमारानी गाउँपालिका बड्डाँडा पाकुरी खोला नजिकै दुर्घटना हो ।जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनाको पुष्टि गर्दै ३ महिला र २ पुरुषको मृत्यु भएको जानकारी दिएको छ ।मृतकमध्ये बस चालक कैलाली चौमालाका वीरबहादुर थारुको मात्रै सनाखत हुन सकेको छ ।

दुघर्टनाका २५ घाइतेमध्ये १६ जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ भने ९ जनालाई बुटवललगायतका अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मल्लरानी गाँऊपालिका–३ का तीर्थराज पोख्रेल ९३८०, गुल्मी अल्गुंगका तारा विष्ट ९४५०, दैलेख दुल्लु नगरपालिका–११ का हिमा बोहोरा ९२५०, जगदीश खत्री ९२५०, रिगल खातुन ९२०, प्यूठान नगरपालिका–३ साढेखाला र्इश्वर खड्का ९२६०, महेन्द्रनगर कञ्चनपुर बेदकोट नगरपालिका–६ का सुनिल रानामगर ९२३० घाइते भएका छन् ।

त्यसैगरी, दुर्घटनामा परी मल्लरानी गाँऊपालिका चुँजाठाटीका सुश्मा चौधरी ९२००, बैतडी पुचौडी नगरपालिका–६ का प्रकाश सावत, चितवन चित्रवन नगरपालिका–१७ का राजेन्द्रप्रसाद तिमल्सिना ९७३०, रोल्पा सुवर्णावती गाँउपालिका–२ का शेरबहादुर वि.क ९४४०, सपना वि।क। ९१६०, गौमुखी गाँऊपालिका–४ का थमजीत वि.क. ९१५०, कैलाली गौरीगंगा नगरपालिका–३ का राजेश चौधरी ९२२० घाइते भएका छन् । प्रहरीका अनुसार, घाइते झिमरुक गाँऊपालिका–३ का प्रेम केसी ९२१०, प्यूठान नगरपालिका–१० दहखोलाका गोमा गिरी ९४९० को जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

माण्डवी गाँऊपालिका–१ का वसन्त शर्मा ९३८०, रोल्पा सुवर्णावती गाँउपालिका–२ का हरि सुनार ९२५०, दैलेख दुल्लु नगरपालिका–११ का सफल अर्याल ९७०, रुपन्देही कन्चन गाँऊपालिका–३ का गोविन्द अर्याल ९३५०, हिमला पोख्रेल ९२९० लाई थप उपचारका लागि रिफर गरिएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको टोली खोज तथा उद्धार कार्यमा सक्रिय रहेको प्यूठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्