सिलवाल प्रकरण फेरि अनुसन्धानमा



सैघाली खबर,
काठमाडौं । एमाले संसद एवं पुर्वडिआईजी नवराज सिलवालविरुद्धको किर्ते अभियोगमा पुनः अनुसन्धान हुने भएको छ ।

–महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको किर्ते अभियोगको फाईल पुनः अनुसन्धान गर्न परिसरलाई नै फिर्ता पठाउने तयारी भएको छ ।

सरकारी वकिल कार्यालय स्रोतकाअुनसार सिलवालमाथिको अभियोगमा पुनः अनुसन्धान गर्नुपर्ने देखिएकाले यससम्बन्धी फाईल प्रहरी परिसर काठमाडौलाई फिर्ता गर्न लागिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख वकिलको कार्यलय काठमाडौंका प्रमुख एवं सहन्याधिवक्ता सुर्यराज दाहालले भने, उक्त अभियोगमा अहिले कुनै पनि प्रक्रिया अघि नबढेको दाबी गरेका छन् । नागरिक दैनिक

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्