सुत्केरी महिलालाई प्रोत्साहन भत्ता



सैघाली खबर,
दाङ १ जेठ । घोराही उपमहानरपालिका वडा नं। १४ ले सुत्केरी महिलालाई प्रोत्साहन भत्ता वितरण गरिएको छ । ३५ दिनभित्र जन्मदर्ता गराउँने २२ महिलालाई सुत्केरी भत्ता वितरण गरेको हो । १ सय १८ जना जना सत्केरी मध्य ३५ दिनभित्र जन्मदर्ता गराउँने २२ जना सुत्केरीलाई पाँच सयका दरले प्रोत्साहन भत्ता प्रदान गरेको हो ।
प्रोत्साहन भत्ता वितरण गर्दै घोराही उपमहानगरपालिकाका उप–मेयर सिता न्यौपाने सुत्केरी महिलाहरुलाई उत्साह थप्न भत्ता वितरण गरेको वताउँनुभयो । कतिपय अबस्थामा आमा –बा पत्ता नलाग्दा धेरै बालबालिकाहरु जन्मदर्ता पाउँन बाट बञ्चित भएको भन्दै बालवालिकाको पहिलो अधिकार जन्मदर्ता बनाउँन सबै नगरवासीलाई आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका न्यौपानेले सुत्ेकरी महिलालाई गर्ववति अबस्थामा नियमित स्वास्थ्य चेकजाँच, नवजात शिशुलाई नियमित खोप र स्वास्थ्य संस्थामा मात्र सुुरक्षित रुपमा प्रसुती गराउँन आग्रहगर्नु भयो ।
त्यस अबसरमा बोल्दै वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ३५ दिन भित्र बालबालिकाको जन्मदर्ता बनाउँदा वडा कार्यालयले पुरस्कृत गर्छ भन्ने सन्देश वडा कार्यालयले दिन खोजेको वताउँनुभयो । आगामी बर्षमा पनि कार्यालयले यस कार्यक्रमलाई निरन्तरता दिने भन्दै सत्केरी महिलालाई छोरा–छोरीको जन्मदर्ता गराई उनिहरुको पहिलो अधिकार सुरक्षित गर्न समेत आग्रह गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्