संसदको बैठक बस्दै, सांसद निलम्बनहुने



सैघाली खबर
काठमाण्डौं,२ जेठ

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसद निलम्बन हुने विषयमा आज छलफल हुनेछ । दलहरुबीच विवाद हुँदा पेचिलो बनेको विधेयकमा मतदान गर्ने दलहरुको तयारी छ । एमाले र माओवादी एकै ठाउँमा उभिएका छन् । सत्तासिन माओवादी केन्द्र कांग्रेसको साथ छाडेर एमालेकै लाइनमा उभिएको छ ।

दुई सत्तारुढ दल एकै ठाउँमा उभिएपछि अब निलम्बनको पक्षमा बहुमत पुग्ने देखिएको छ । सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र निलम्बनको पक्षमा रहेसँगै आजको प्रतिनिधिसभामा नियमावली पारित गर्ने तयारी भएको छ ।आज नै छलफल गरेर नियमावली पारितको तयारी गरिएको छ । यसअघि पुर्पक्षका लागि थुनामा रहेका सांसद निलम्बन नहुने तर सेवा सुविधा र पदीय हैसियत नपाउने गरी प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको थियो ।

एमाले माओवादीको सदनमा सहज बहुमत छ । प्रतिनिधिसभामा एमालेका १२१ र माओवादी केन्द्रको ५३ सदस्य छन् । दुई दलका १७४ सदस्य छन् । बहुमतबाट नियमावली पारितका लागि १३८ सदस्य आवश्यक पर्छन् । व्यवस्थापिका संसदको बैठक दिउँसो एक बजे बोलाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्