ओली-प्रचण्डबीचको वार्ता सकियो, के भयो निर्णय ?



सैघाली खबर,
जेठ २ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकता बारे छलफल गर्न बसेको बैठक सकिएको छ । पार्टी एकता संयोजन समितिको बैठक बिहीबार बिहान १० बजे बोलाउने निर्णय सहित ओली प्रचण्डको बैठक सकिएको हो ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक आवश्यक निर्णय गर्ने गरी सकिएको माओवादी नेता जनार्दन शर्मा प्रभाकरले जानकारी दिएका छन्।आजको बैठकमा ओली(प्रचण्डले विश्वासिला नेता पनि राखेर छलफल गरेका थिए । बैठकमा एमालेबाट बिष्णु पौडेल र माओवादीबाट जनार्दन शर्मा सहभागी थिए । १० बाट सुरु भएको छलफल १२ बजे सकिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्