रक्तदान अभियानमा जेसिज



सैघाली खबर
दाङ,३ जेठ
तुलसीपुर नगर जेसिजले रगत आबश्यक परेको बेला रक्तदान गर्ने भएको छ । रगत अभाबकै कारण कुनै पनि ब्यक्तिको अकालमै ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले आबश्यक परेको बेला रगत दान गर्ने योजना बनाएको छ । जेसिजको सप्ताहब्यापी कार्यक्रम अन्तरगत बुधबार राप्ती अञ्चल अस्पताल तुलसीपुरमा कार्यक्रम गरि ८७ जना युवाले रगत आबश्यक परेको बेला रक्तदान गर्ने भएका हुन् । उनीहरुले आबश्यक परेको खण्डमा जतिबेला पनि रगत दान गर्ने तुलसीपुर जेसिजका अध्यक्ष दिपेश भण्डारीले बताए ।

तुलसीपुर नगर जेसिजका अध्यक्ष दिपेश भण्डारीको अध्यक्षता र राप्ती अञ्चल विकास समितिका अध्यक्ष विष्णुकुमार देवकोटाको प्रमुख आथित्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा प्रमुख अतिथि देवकोटाले जेसिजले थालेको उक्त अभियान स्रहानीय भएको बताए । अस्पतालमा उपचारको क्रममा जति बेला पनि रगत आबश्यक पर्न सक्ने भन्दै रगत पूर्ति गर्न जेसिजले थालेको अभियान प्रशंसनीय रहेको बताए । यस्तो अभियानलाई निरन्तरता दिनुपर्ने समेत उनले बताए । कार्यक्रममा जेसिजका वरिष्ठ सल्लाहकार कुशल तर्ताल, पूर्ब अध्यक्ष झरेन्द्र खरेल, निबर्तमान अध्यक्ष बिमल पौडेललगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

साथै त्यसअबशरमा जेसिजका ९१ सदस्यहरुको रगत समुह पनि छुट्याईएको थियो । अस्पतालको कालिका देवी रक्त सञ्चार केन्द्रमा गरिएको रगत समुह अन्तरगत ‘ए’ नेगेटिभ रगत सहुमका एकजना, ‘ओ’ नेगेटिभका दुईजना, ‘एबी’ नेगेटिभका एकजना, ‘बी’ नेगेटिभ रगत समुहका एकजना रहेका छन् ।

त्यस्तै ‘ए’ पोजेटिभ रक्त समुहका १६ जना, ‘एबी’ पोजिटिभका ६ जना, ‘ओ’ पोजेटिभ ३० जना र ‘बी’ पोजेटिभ ३४ जना रहेका छन् । साथै साप्ताहिक कार्यक्रम अन्तरगत तुलसीपुर नगर जेसिजले एउटा सामुदायिक विद्यालयलाई अंग्रेजी विषयका एकजना शिक्षक एक बर्षका लागि निःशुल्क उपलब्ध गराउन लागेको, खानेपानीको मुहान संरक्षण र सरसफाई, छात्रवृत्ती वितरण, ट्राफिक सचेतना अभिबृद्धि जस्ता कार्य गर्न लागिएको जानकारी दिए । कार्यक्रममा मुल संयोजक मानबहादुर बस्नेतले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । कार्यक्रम संयोजक मोतिराम भुसालले स्वागत मनतव्य ब्यक्त गरेको कार्यक्रमकको सहजीकरण नगर जेसिजका महासचिव नारायण भट्टराईले गरेका थिए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्