दाङमा अटो रिक्सा दर्ता गर्ने क्रम बढ्यो



दिपक बोहरा,
तुलसीपुर ४ जेठ ।
यातायात ब्यबस्था कार्यालय राप्तीमा पछिल्लो समय अटो रिक्सा दर्ता गर्ने क्रम बढेको छ । विगत तीन बर्ष देखि दाङमा पनि अटो रिक्सा, तथा टेम्पो दर्ता हुने क्रम बढेका छन् । कम लगानीमा राम्रो आम्दानी गर्न सकिने भएपछि अटो रिक्साको ब्यबसाय फस्टाएको हो । अहिले सम्म यातायात ब्यबस्था कार्यालय राप्तीमा करिब तीन हजार अटो रिक्सा दर्ता भएका छन् ।

कार्यालय प्रमुख बासुदेव खतिवडाका अनुसार हाल सम्म दुई हजार, ८ सय ९७ वटा अटो टेम्पो दर्ता भएका छन् । अहिले दाङका सडकहरुमा आबश्यकता भन्दा बढि अटो रिक्सा दर्ता सञ्चालनमा आएकाले ट्राफिक ब्यबस्थापनमा भने समस्या हुने गरको गुनासो आउने गरेको छ ।

तर ब्यबस्थित रुपमा अटो रिक्साहरु सञ्चालन भएमा यात्रुहरुलाई भने सहज हुने गरेको तुलसीपुर ५ का नोमी चौधरीले बताईन् । बजारका गल्लि गल्लिमा गाडि पुग्दैन्, तर अटो रिक्साले जहाँ जाने हो, त्यहाँ सम्म पु¥याईदिन्छन्, यसले गर्दा पनि अटो रिक्साको क्रेज बढ्दै गईरहेको छ । पछिल्लो समय तुलसीपुर, घोराही, नारायणपुर,लमही,देउखुरीलगायतका बजारी क्षेत्रमा अटोरिक्साहरु सञ्चालन भईरहेका छन् । बिभिन्न समितिहरु दर्ता गरेर अटो रिक्सा ब्यबसायीहरुले अटो सञ्चालन गरिरहेका छन् । तर अधिकांसले लाईसेन्स बिनै अटो चलाईरहेका छन् ।

 

((

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्