दुवै अध्यक्ष दुवै पार्टी कार्यालयमा



सैघाली खबर
काठमाण्डौ , ४ जेठ ।
नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एमाले पार्टी कार्यालय निरिक्षण गरेका छन । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसहित ओली पार्टी कार्यालय निरीक्षणका लागि पेरिसडाँडा पुगेका हुन् । ओली पेरिसडाँडा विरलै जाने नेता हुन् ।

ओलीलाई पेरिसडाँडामा पूर्ववर्ती माओवादीका नेताहरुले स्वागत गरे । उनले जनयुद्धको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरे ।

 

ओली र दाहालले त्यसअघि धुम्बाराहीस्थित तत्कालिन एमालेको पार्टी कार्यालयको निरीक्षण गरेका छन् ।दुवै पार्टी कार्यालयको निरीक्षणपछि केन्द्रीय कार्यालयको टुंगो लगाउने तयारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्