प्रहरी उच्च अधिकारीहरुको सरुवा, को कहाँ ?



काठमाडौं – नेपाल प्रहरीमा २२ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सरुवा/पदस्थापन भएको छ । गृहमन्त्रालयले शुक्रबार साँझ २२ डिआईजीको सरुवा/पदस्थापन गरेको हो ।

गृहले महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा हालका प्रहरी प्रवक्ता मनोज नेउपाने, एकेडेमीमा हालका सिआईबी प्रमुख पुष्कर कार्की, कार्य विभागमा छविलाल जोशी, अ.अ. विभागमा धिरु बस्न्यात र मानवस्रोतमा ज्ञानविक्रम शाहलाई पठाएको छ ।

त्यस्तै सिआईबीमा नारायणसिंह खड्का, विशेष ब्यूरोमा पिताम्बर अधिकारी र त्रिभुवन विमानस्थलमा कमल जिटीलाई पदस्थापन गरेको रातो पाटीमा समाचार छ ।

यस्तै प्रदेश १ प्रमुखमा केदार रिजाल, प्रदेश २ मा दिनेश अमात्य, प्रदेश ३ मा दीपककुमार थापा, प्रदेश ४ मा दानसिंह बोहरा, प्रदेश ५ मा शेरबहादुर बस्नेतलाई पदस्थापन गरेको छ ।

यस्तै प्रदेश ६ मा सुरेशविक्रम शाह र प्रदेश ७ मा शरद चन्दले जिम्मेवारी पाएका छन् ।

यसैबीच ट्राफिक महाशाखाको प्रमुखमा एसएसपी बसन्त कुमार पन्तलाई पठाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्