नेकपाको थप ४२ केन्द्रीय सदस्यको टुङ्गो, को–को परे ?



सैघाली खबर/काठमाण्डौँ, ६ जेठ।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बन्नका लागि तत्कालीन एमालेका तर्फबाट थप ४२ जना सदस्यको नाम टुंगो लागेको छ । केन्द्रीय सदस्यमा थप हुने नेतामा खगराज अधिकारी, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणी पौडेल, तीलकुमार मेन्याङ्बो, राजेन्द्र गौतम, आनन्द पोखरेल, कैलाश ढुंगेल, गुरुप्रसाद बराल, डाक्टर युवराज खतिवडा, बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, रामेश्वर फुयाँल, कृष्ण राई, वसन्त मानन्धर, नीरज आचार्य, दयालबहादुर शाही, रवीन्द्र अधिकारी (नवलपुर) र विनोद ढकाल रहेको नेताहरुले बताएका छन् ।

यस्तै, महेश रेग्मी, भानुभक्त जोशी, गौरी ओली, समिम मियाँ अन्सारी, प्रमोदनारायण यादव, दीलकुमारी पन्त, लीला भण्डारी, अइन्द्रसुन्दर नेम्वाङ, साध्यबहादुर भण्डारी, चन्द्रबहादुर शाही, देवेन्द्र दाहाल, अच्यूत मैनाली, देवी ज्ञवाली, रामेश्वर रानामगर, नरेश खरेल, विनोद श्रेष्ठ, श्रीनाथ रावल, गोविन्दविक्रम शाह, शारदा सुवेदी, लक्ष्मण ज्ञवाली र एकबहादुर राना पनि केन्द्रीय सदस्य बन्नुहुने भएको छ ।

नवगठित नेकपा केन्द्रीय कमिटीमा तत्कालिन एमालेबाट २ सय ४१ जना केन्द्रीय सदस्य रहने सहमति भएअनुसार ४५ जनाको नाम थप गर्नुपर्नेमा ४२ जनाको नाम तय भएको र ४ जनाको नाम थप हुन बाँकी रहेको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा माओवादी केन्द्रबाट दुई सय जना सदस्य रहने सहमति भएको थियो । तत्कालीन एमाले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा थप्ने सदस्यको नाम टुंग्याउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएअनुसार दुईजना नेताले नाम टुंगो लगाउनुभएको हो । तर यी नाम आधिकारिक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्