जेल,नेलबाट नगलेका कम्युनिष्टलाई पैसाको थुप्रोले गलाउँछ ख्याल गर्नुस् – ज्ञवाली



३४ औ नेत्रलाल स्मृति दिबस

जनक नेपाली
दाङ,६ जेठ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु नेत्रलाल अभागी जस्तै बन्न सबैले अठोट गर्नुपर्ने वताउँनु भएको छ । दङगाली कम्युनिष्ट आन्दोलनका अगुवा समेत रहनु भएका नेत्रलाल अभागीको ३४ औ स्मृति दिवसका अबसरमा घोराहीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो वताउँनु भएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका ज्ञवालीले पुरानो राज्य सत्ता भत्कार नयाँ पुनःसंरचना निर्माण गर्नुका लागि महत्व पुर्ण योगदान पु¥याएको वताउँनुभयो । नेत्रलाल अभागीको आर्दश मुल्य मान्यतालाई पछ्याउने सङकल्प गर्ने वेला आएको वताउँनुभयो ।

 

जेल,नेल प्रहरीको यातना,भोक गरिबीले नगलेका कम्युनिष्टलाई पैसाको थुप्रोले गलाउँने वताउँदै सबैले कार्यकर्तालाई नेत्रलालको जीवनी पढ्न आग्रह गर्नुभयो । प्रमुख अतिथी समेत रहनु भएका ज्ञवालीले नेत्रलाल अभागीले आफ्नो सम्पूर्ण जीवन देश जनताका लागि खर्च गरेको वताउँदै परिर्वनका पक्षमा उहाँले अफ्नो जान समर्पित गरेको वताउँनुभयो ।

‘जनताले कम्युनिष्ट पार्टीलाई गर्नु पर्ने सबैकाम पुरा गरेको वताउँदै अब हामीले गर्न बाँकी छ ’ भन्नुभयो । नेपालका कम्युनिष्ट पार्टी राजनितिक रुपमा सगरमाथाको चुचुरोमा पुगेका छौ तर त्यहा मात्र पुगेर हुदैन त्यस भित्रको कठिनाईलाई पार गर्नु सक्नुपर्छ ’ उहाँले थप्नुभयो । नेपालका कम्युनिष्ठ पार्टीका कार्यकर्तामा काधमा १०० किलोको भारी थोपरिएको छ अब उठ्न सक्ने नसक्ने जिम्मा उहाँलाई दिएका छौ उहाँले थप्नु भयो ।

पूर्व एमाले दाङका उप–सचिव सूरामणी बेल्वासेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य मेटमणी चौधरी,हिराचन्द्र केसी,शान्ता चौधरी, ५ नं. प्रदेश सदस्य अमरबहादुर डाँगील निर्मल , नेत्रलाल अभागीका धर्मपत्नी विष्णु पौडेल, लेखराज रेग्मी पूर्व मन्त्री सुष्मा शर्मा घिमिरे नरबहादुर लगाएतले वोल्नु भएको थियो । पूर्व एमाले दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पूर्व माओवादी केन्द्र दाङ संयोजक सुवास पुनले गर्नु भएको थियो ।

 

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्