पूर्वी राल्पाको विकास र सञ्चार”



सैघाली खबर,
जेठ ८, रोल्पा । सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती ‘विज्ञान’ ले पूर्वी रोल्पाको विकासमा सञ्चारकर्मी र सरोकारवाला एक भएर लाग्नुपर्ने बताउँदै सबै एक भएर लागेमा मात्रै पूर्वी रोल्पाको विकास तीव्र हुने र समृद्ध बन्ने बताउनुभयो ।उहाँले नेपाल पत्रकार महासंघ रोल्पा जिल्ला शाखाले आयोजना गरेको “पूर्वी राल्पाको विकास र सञ्चार” भन्ने विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।

रोल्पा जिल्लाको प्रवेशद्वारको रुपमा रहेको सुनिल स्मृति गाउँपालिकालाई समृृद्धको सिंगो सञ्चारक्षेत्र र गाउँपालिकाकाको सहकार्यमा समृद्ध बनाउने सकिने बताउँदै सञ्चार क्षेत्रले पनि सहयोग गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले पूर्वी रोल्पाका पर्यटन, कृषिको राम्रो सम्भावना भएको बताउँदै यसप्रति मानिसको ध्यानाकर्षण गराउनुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गाउपालिका अध्यक्ष घर्तीमगरले राजनीतिक क्रान्तिपछि अब आर्थिक समृद्ध बनाउनको लागि स्थानीयतहले नै प्रमुख भूमिका निर्वाह गरिरहेको दावी गर्दै “गरिवसँग छानो” कार्यक्रमलाई निरन्तरता दिनुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ प्रदेश ५ का अध्यक्ष मौसम रोकामगरले रोल्पा जिल्ला सम्बृद्ध बनाउनको लागि सञ्चार क्षेत्रको पनि योगदान रहेको बताउनुभयो । उहाँले पत्रकारहरु समाजको ऐना भएको बताउँदै अब समाजको हितका लागि पत्रकारले खेलेकोे भूमिकालाई अझै बढुवा दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सुलिन स्मृति गाउँपालिकाका उपाध्यक्ष बागमाती थापा क्षेत्रिनि, सुनिल स्मृति गाउपालिका ३ का वडा अध्यक्ष जेदबहादुर विष्ट, ४ का वडा अध्यक्ष गञ्जबहादुर महरा, ५ का वडाअध्यक्ष नमराज थापा, ६ का वडा अध्यक्ष अर्जुन सुवेदी, ७ का वडा अध्यक्ष मानसिंह पुनमगर, पुस्तक व्यवसयी संघका केन्द्रीय सदस्य शालिकराम सुवेदी, पत्रकार महासंघका केन्द्रीय पार्षद दिपेश पराई विष्ट, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदी, रोल्पा उद्योग वाणिज्यका महासंसचिव मिलन रोकामगर, पत्रकार महासंघका केन्द्रीय पार्सद भरत नेपाली, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुलिचौरका सहसचिव अमृत जिसी लगायतले बोल्नुभएको थियो ।

र्काक्रममा पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्माले पूर्वी रोल्पाको गामदेखि घोडागाउँसम्मको स्थानलाई सम्बृद्ध गर्नका लागि गाउँपालिकाले योजना निर्माण गर्नुपर्ने त्यसमा महासंघ र सचार क्षेत्रले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले रोल्पा जिल्लाका पूर्वी क्षेत्रका चतृर्भुज मन्दिर, खुंग्रीकोट, गजुलकोट, लुङग्री, विबाङदह, तिलाचत्र ताल, जेलबाङ लगायतको क्षेत्रमा मिडिया क्याम्पिङ गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रोल्पाकाको हाल भवन निर्माण तथा कल्याणकारी कोष स्थापनाका लागि सहयोग संकलन अभियान जारी रहेको छ । सुनिल स्मृति गाउँपालिकाको कार्यालयबाट ५० हजार १ सय, गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले १५ हजार १००, रोल्पा उद्योग वाणिज्य संघका महासचिव मिलन रोकामगरले २५ हजार ५५५, नेपाल पत्रकार महासंघ प्रदेश पार्सद सृजना सेनले १५ हजार १०१, रोल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रोल्पा वालकृष्ण सुवेदीले ५ हजार १००, ६ नं। वडाका अध्यक्ष अर्जुन सुवेदी ५ हजार १००, ७ का वडा अध्यक्ष मानसिंह पुनगरले ५ हजार १००, पुस्तक व्यवसयी संघका केन्द्रीय सदस्य शालिकराम सुवेदी ५ हजार १००, पत्रकार महासंघका केन्द्रीय पार्षद दिपेश पराई विष्ट, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुलिचौरका सहसचिव अमृत जिसीबाट ५ हजार १००, मेहलधारी आधारभूत विद्यालयका प्र।अ। रेसम संगीतले ५ हजार १००, कशाली होटेलका कुमार घर्तीमगरले ५ हजार १०० सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका उपाध्यक्ष दारासिंङ डाँगीको सवागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन सहसचिव हर्कघर्तीमगरले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका सँस्थापक अध्यक्ष काशीराम डाँगी, नेपाल पत्रकार महासंघका ५ नं। प्रदेश सदस्य मनोज श्रीबास्तव, कपिल बस्तु शाखा अध्यक्ष दिलाराम भुसाल लगायतले शाखाको अभियान सकरात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो ।

जिल्ला शाखा रोल्पाले वर्तमान समयमा एक तल्लाको भवनबाट नै कार्य सम्पादन गरिरहेको छ । अझै भवनको धेरै कामहरु व्यवस्थापन गर्नुपर्नेछ । भवन निर्माणसँगै पत्रकारिता पेशा गर्दा गर्दै केही विपत परेका पत्रकार सहयोग गर्नका आपतकालीन कल्याणकारी कोषको लागि आर्थिक सहयोग संकलन अभियान जारी रहेको छ ।

हालसम्म सो अभियान अन्तर्गत अब करिव ९ लाख रुपैया संकलन भएको छ । २०७४ साल फाल्गुन १० गतेबाट अभियानको शुरुवात गरेको महासंघले अब रोल्पा जिल्लाको सुलिचौर घर्तीगाउँ लगायतमा समेत अभियानको अन्तरक्रिया कार्यक्रम गरिने समेत आयोजकले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्