आमा– बा काममा छोरा,छोरी घर कुरुवा



छोएन भर्ना अभियानले

दाङ,९ जेठ । गएको सोमबार गाउँ पुग्दा अधिकासं घरमा ताल्चा झुण्डिएका थिए । गाउँमा बालबालिका बाहेक अरु भेटिएनन् – भेटिएका अधिकासं बालबालिका खोलामा गिट्टी,बालुवा बटुल्न ब्यस्त देखिन्थ्ये यो दृश्य थियो घोराही उपमहानरपालिका वडा नं. १३ दुर्गाभवानी टोल स्थित बालबालिकाको ।शैक्षिक सत्र सुरु भएको एक महिना पुग्दापनि यी बालबालिका पढाई छाडी गिट्टी कुट्ने घर हेरालु काममा व्यस्त रहेको स्थानीय अनिस नेपालीले बताए । प्राबि बालमन्दिर कक्षा दुईमा अध्ययन गर्दै आएका अनिस घर हेर्ने मान्छे नहुदा पढाई छाडेर घर हेरालु काम गर्दै आएको उनको भनाई छ । स्कुल जाउँ भने आमा–बा काममा हिडेपछि घर हेर्ने मान्छे हुदैनन् अर्काे तर्फबाट किताब,कापी हुदैन स्कुल गएर मात्र के गर्नु । त्यो भन्दा घरम बसेर गिट्टी कुट्दा दुई÷चार पैसा आउँछ उनले भने ।


स्कुल जाँदा झोलामा कहिले किताव हुदैन कहिले कापी कसरी स्कुल जानु के पढ्नु आमा –बा उज्यालो हुने बित्तिकै बजार काममा पुग्छन् राति अबेर मात्र घरमा फर्कन्छन् बा आमाले कमाएको पैसा घरमा ठिकै हुन्छ । स्कुल जान खोज्यो ड्रेस हुदैन घरमा समस्या भएकै कारण पढाई छाड्ने बाध्यता आईलाग्यो उनले थपे ।
अनिश मात्र होईन सोही वडाँका करण नेपालीको समस्या पनि उस्तै छ । बा–आमा भारत कमाउँन हिडे पछि आफुले भाइ हेरालुको रुपमा बसेको बताए । बा–आमा घरमा हुदा सम्म मिलाए स्कुल गए तर आमा –बा भारत हिडेपछि स्कुल जानेकाम बन्दभयो करणले भने ।घरमा कोही छैनन भाई सानो छ अलि ठुलो भनेकै मै हु त्यसको रेखदेख गर्नु नै प¥र्याे उनले भने । ‘घर खर्च चलाउँन बा–आमाले भारतबाट कहिले कसो पैसा पठाइदिन्छ् नत्र यतै गिट्टी बालुवा फोडेर घर खर्चको जोहो गर्छाै ’ । करिब एक सय बस्ति रहेकोे यो टोलमा अधिकासं बाल–बालिका विद्यालय भन्दा बाहिर रहेको अभिभावकहरुले वताएका छन् ।

आर्थिक अभावकै कारण छोराछोरी पढाउन नसक्नु आफ्नो ठुलो कमजोरी भएको स्थानीय देवबहादुर नेपालीले वताए । दैनिक गुजारा गर्न कसैले गिट्टी कुट्ने,ज्याला मजदुरी गर्ने भारी बोक्ने त कसरीले अर्काको भाडा माझेरै छोरा–छोरी पालन पोषण गरेको वताए । यो कामले भने जस्तै गरी छोरा–छोरी पढाउन सक्ने अबस्था नरहेको देवबहादुरको भनाई छ।

छोरा–छोरीलाई दुःख गरेर पढाउँन खोज्यो स्कुल जानै मान्दैनन् देवबहादुरले भने । हाम्रो वरपरको वातावरण त्यस्तै बन्यो कुनै बालबालिका स्कुल पढाउन खोज्यो स्कुल जान मान्दैन उनले भने ।आमा – बा दिनभर मजदुरी गरेको पैसाले साझ घर आउँदा जाड रक्सी खाएर आउँने त्यही देखेर छोरा–छोरी कुलतमा फस्ने खतरा देखिएको छ देवबहादुरले भने । कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहुने जिल्ला शिक्षा समन्वय समिति दाङका प्रमुख रमेशप्रसाद मैनालीले जानकारी दिनुभयो । राज्यले आधारभुत शिक्षा सम्म निशुल्क गरेको वताउँदै त्यस्तो समस्या भए तत्काल समाधान गर्ने वताउँनुभयो । कतिपय सामुदायिक विद्यालय सञ्चालनका लागि सहयोग रकम शुल्क नाममा भर्ना र परिक्षा शुल्क उठाउदा विपन्न वालवालिकाहरुले शिक्षा देखी वञ्चित हुने आएका बताउँनुभयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्