शिक्षा भ्यालेन्टाइन डे को गुलाबको फूलजस्तै हुनुपर्छ : प्रधानमन्त्री ।।



सैघाली खबर/काठमाण्डौँ, १० जेठ।
प्रधानमन्त्री केपी ओलीले मुलुकको शिक्षा प्रणाली जीवनोपयोगी हुनुपर्नेमा जोड दिएका छन् । बिहिबार भृकटीमण्डपमा आयोजित कान्तिपुर–हिसान एजुकेशन फेयरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा प्रणाली लाखौं खर्च गरेर सर्टिफिकेट फ्रेममा सजाएर राख्ने खालको मात्र हुन नहुने बताउँदै गुलाबको फूलझै लोकप्रिय हुनुपर्नेमा जोड दिए ।

उनले भने, हाम्रो शिक्षा भ्यालेन्टाइन डे को गूलाबको फूल जस्तै लोकप्रिय हुन जरुरी छ, जीवनपयोगी हुनुपर्यो । सर्टि्फिकेट फ्रेममा सजाउन लाखौं खर्च गरिएको होइन । प्रधानमन्त्री ओलीले शिक्षा प्रणाली बौद्धिकताको पहिचान गर्ने खालको हुनुपर्ने बताउँदै आइन्स्टाइन र सन्दिप लामिछानेको उदाहरण समेत दिन भ्याए ।

उनले विश्वका महान वैज्ञानिक आइन्स्टाइन कम बोले (डल) पनि क्षमतामा सबैभन्दा अब्बल रहेको उदाहरण दिँदै साना बालबालिकाहरुलाई कम बोल्नासाथ कमजोर नठान्न उनले अभिभावकहरुलाई सचेत गराए । यता, खेलाडी सन्दिप लामिछानेको उदाहरण दिँदै क्रिकेट खेल्ने मौका पाएकोले नै उनले सफलता हासिल गरेको र साना नानीबाबुहरुलाई पनि त्यस्तै मौका दिन आग्रह गरे ।

उनले भने, सन्दिप लामिछाने डल्लो (क्रिकेट) खेल्न माहिर छन्, उनले डल्लो खेल्ने मौका पाएरै त्यो सफलता हासिल गरेका हुन् । त्यसअघि इजरायलका राजदूतले आफ्नो मुलुकले भ्यालेन्टाइन डेका अवसरमा यूरोप र एसियामा गुलाबका फूल निर्यात गरेरै राष्ट्रिय अर्थतन्त्रमा ठूलो उपलव्धी हासिल गरेको बताएका थिए । प्रधानमन्त्री ओलीले इजरायली राजदूतको त्यो प्रसंगलाई जोड्दै नेपालले पनि त्यसरी नै अघि बढ्नुपर्ने बताएका थिए । उद्घाटन कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, इजरायलका राजदूत लगायतको उपस्थिति रहेको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्