सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले आइतबार दिने



 

सैघाली खबर,

काठमाडौँ १२ जेठ। संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि९आइतबार० जवाफ दिनुहुने भएको छ ।

प्रतिनिधिसभामा विहान ११ बजे र राष्ट्रियसभामा दिउँसो एक बजे प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्रीको जवाफ पछि दुबै सदनको छुट्टा–छुट्टै बैठकले नीति तथा कार्यक्रम पारित गर्ने छ । हिजो नीति तथा कार्यक्रममा छलफल सकिएको छ । सरकारको नीति तथा कार्यक्रममा प्रतिनिधिसभामा ३ दिन र राष्ट्रिय सभामा २ दिनसम्म छलफल चलेको थियो । छलफलमा प्रतिपक्षी दलका सांसदले संघीयताको भावना अनुरुप प्रदेश र स्थानीय तहलाई बलियो बनाउन सरकार चुकेको आरोप लगाएका थिए । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका सांसदहरुले संविधान संशोधनमा सरकार उदासिन रहेको बताए ।

प्रतिनिधिसभमा बुधबारदेखि ३ दिन छलफल चलेको हो  । यस्तै, राष्ट्रियसभामा बिहीबार र शुक्रबार दुईदिन छलफल चल्यो  । ७ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्