शान्तिनगरमा झाडा पखालाबाट १६९ जना बिरामी



सैघाली खबर,
दाङ १२ जेठ।
शान्तिनगरमा झाडापखालाको प्रकोप देखिएको छ । हिजोदेखि शुरु भएको झाडापखालाबाट करीब १ सय ६९ जना बिरामी परेका छन् । शान्तिनगरगाँउपालिका वडा नम्वर ३ र ४ मा हिजो बिहानदेखि झाडापखालाको प्रकोप देखिएको स्वास्थ्य शान्तिनगरका ईन्चार्ज ईच्छा महतले जानकारी दिनुभयो । स्वास्थ्य चौकि ईन्चार्ज महतका अनुसार फुट प्याईजन जस्तो लक्ष्यण देखिएको उक्त झापखालाबाट बढी उमेर समूहका पीडित भएका छन् ।

ती मध्ये कम्तीमा ३० जना जनालाई स्वास्थ्यचौकिबाट रिफर गरि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा थप उपचारका लागि ल्याइएको महतले बताउनुभयो । अन्यको भने स्वास्थ्य चौक र स्वास्थ्यकर्मीको निगरानीमा घरमै उपचार भई रहेको उहाले बताउनुभयो । वाकवाकी लाग्ने,पखाला चल्ने जस्ता मूख्य लक्ष्यण देखा परेको स्वास्थ्य चौकि शान्तिनगरले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्