शान्तिनगरमा झाडा पखाला लाग्नेहरुको सख्या ७ सय बढी



सैघाली खबर,
दाङ १३ जेठ।
दाङको शान्तिनगर गाउँपालिकामा आइतवार दिउँसो सम्म ७ सय जना झाडा पखालाका विरामीहरुको उपचार भएको छ । शान्ति नगरगाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले त्यस्तो जानकारी दिएका हुन ।शान्तिनगर स्वास्थ्य चौकी र तुलसीपुरका विभिन्न अस्पतालमा गरि हालसम्म ७ सय जतिको उपचार भएको र त्यसमध्य अधिकाँस उपचारपछि घर फर्किएको स्वास्थ्यकर्मीको हवाला दिदै अध्यक्ष डाँगीले बताए ।

त्यहाँ नेपाली सेना, राप्ती अञ्चल अस्पताल, जिल्ला जनश्वास्थ्य, तुलसी हस्पिटल , नेपाल रेडक्रस सोसाईटी बाट खटिएको स्वास्थ्य टोली र स्थानीय स्वास्थकर्मीले उपचार गरिरहेको शान्ति नगर गाउँपालिकाका प्रवक्ता रवि बुढाथोकीले जानकारी दिए । गएराति भन्दा झाडापखालाको प्रकोप नियन्त्रण उन्मुख रहेको शान्ति नगरगाउँपालिकाको स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिए त्यस्तै उनले गएराति मात्रै शान्ति नगरमा ४१९ जनाको उपचार गरिएको जानकारी दिए । तुलसीपुर क्षेत्रमा थप ४० जनाको उपचार भइरहेको छ ।

यसैबीच शान्ति नगर स्थित स्वास्थ्य चौकीमा उपचारमा संलग्न चिकित्सकहरुले भने झाडापखाला नियन्त्रण उन्मुख रहेको जानकारी दिएका छन् । तुलसी हस्पिटलका डा। किशोर खत्रीले रातदिन खटेर चिकित्सकहरुले उपचार गरेपछि झाडापखाला नियन्त्रण उन्मुख रहेको बताए ।

राप्ती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष विष्णु कुमार देवकोटाले शनिवार दिउँसो देखि नै शान्ति नगरमा अस्पतालवाट डाक्टर उपचारको लागि खटाएर झाडापखालाका विरामीको उपचार थालिएको हुँदा त्यो समयमै नियन्त्रणमा लिन सजिलो भएको बताए ।

शान्ति नगर गाउँपालिकामा खटिएर विरामीको उपचार गरिरहेका डा। किशोर खत्रीले दुषित पानीका कारण शान्ति नगरमा झाडा पखाला फैलिएको बताएका छन् । पानीमा सिगेला व्याक्टेरिया फेला परेको हुँदा उक्त पानीको प्रयोग गर्ने सबैजनामा भाडा पखालाको संक्रमण भएको डा। खत्रीले बताए । यसैबीच शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले पनि उपचारमा संलग्न चिकित्सकले पानीकै कारण झाडा पखाला फैलिएको भन्ने जानकारी दिएपछि पानीको मुहान बन्द गरिएको बताए ।

उनले केही दिन पहिले परेको पानीले माईले पानी खानेपानी आयोजनामा खोलाको दुषित पानी मिसिएको हुँदा त्यही कारण झाडा पखाला फैलिएको बताए । यसैबीच शान्ति नगर गाउँपालिकाका प्रवक्ता एवं वडा नं। ६ का वडा अध्यक्ष रवि बुढाथोकीले शान्ति नगर गाउँपालिकाको वडा नं। ३ र ४ का विरामी स्वास्थ्य चौकीमा ल्याउनका लागि ३ वटा साधन प्रयोग गरिएको जानकारी दिए । दुई वटा एम्वुलेन्स र गाउँपालिकाको अध्यक्ष चढ्ने गाडिलाई शनिवार देखि विरामी ओसार्न प्रयोग गरिएको प्रवक्ता बुढाथोकीले बताए । उनले स्वास्थ्य चौकीमा वेड अभावले भुई तथा बरण्डा अनि छाहारीमा राखेर समेत विरामीको उपचार भइरहेको जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्