सर्पदंशबाट ९ वर्षीय बालकको मृत्यु



दाङ, १५ जेठ । दाङमा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं ९ विजौरी निवासी ९ वर्षीय सुनिल विकको सर्पदंशबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

विकलाई सोमबार बेलुका घरभित्रै विषालु सर्पले टोकेको थियो। विषालु सर्पले डस्दा गम्भीर बिरामी परेका उनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको उपचारपछि थप उपचारका लागि बाँके लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुुरले जानकारी दिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्