यादव र मन्त्री राई नियृक्त



सैघाली खबर,
काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल विस्तार गर्दैछन् । संघीय समावजादी फोरमबाट ओली क्याबिनेटमा मन्त्री थपिन लागेका हुन् ।

फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र नेता मोहमद इस्तियाक राइ शहरी विकासमन्त्री हुने पक्का भएको छ । दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा सपथग्रहणको कार्यक्रम राखिएको छ ।

यसअघि फोरमबाट अध्यक्ष यादव शहरी विकासमन्त्री र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ स्वास्थ्यमन्त्री हुने सहमति भएको थियो । फोरमभित्रको आन्तरिक विवादले हिजोरातीको सहमति उल्टिएको छ । यसअघि पनि फोरमले मन्त्री छान्नका लागि पटक पटक बोलाएका बैठकमा विवादकै कारण सहमति हुन सकेको थिए ।

संघीय समाजवादी फोरम, नेपाल दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको हो । फोरमले सरकारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०सँग दुई बुँदे सहमति गरेको थियो ।

सहमतिमा नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका थिए ।

सहमतिको पहिलो बुँदामा संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान गरी सम्बोधन गर्ने उल्लेख छ । दोस्रो बुँदामा भने संघीय समाजवादी फोरम सरकारमा जाने उल्लेख थियो ।

संघीय फोरमले यसअघि नै २०७४ फागुन २२ गते सरकारमा जाने निर्णय गरिसकेको थियो । प्रधानमन्त्री ओलीले फोरमका लागि सहरी विकास र स्वास्थ्य मन्त्रालय खाली राखेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्