१३ बुदे तुलसीपुर घोषणा पत्र जारी गर्दै सकियो अकोराबको प्रदेश नम्वर ५ को साधारणसभा



शरद रेग्मी, दाङ २२ । १३ बुदे तुलसीपुर घोषणा पत्र जारि गर्दै सामुदायिक रेडियोहरुको छाता संस्था सामुदायिक रेडियो प्रसारक सङघ (अकोराब) को प्रदेश नम्वर ५ को साधारण सभा आज तुलसिपुरमा सम्पन्न भएको छ ।

घोषणापत्रमा केहि स्थानिय तहहरुले रेडियो संचालन गर्ने निर्णय प्रति आपत्ति प्रकट गर्दै स्थानिय तहमा भएका सामुदायिक रेडियोहरु संग सहकार्य गर्न माग गर्ने , सामुदायिक रेडियोहरुको नविकरण , रोयल्टी , आयकर लगाएतका अनेक प्रकारका दायित्व र दोहरोकर अन्त्यको माग गर्ने, संचार सम्वन्धि ऐन कानुन तथा कार्यविधि निमार्ण गर्दा स्थानिय तहरुले संचार संग सम्वन्धित सरोकारवालहरु संग सहकार्य गर्न माग गर्ने , प्रदेश तथा स्थानिय तहले प्रसारण गर्ने सुचना तथा सचेतनामुलक कार्यक्रमहरु सामुदायिक रेडियोहरु मार्फत प्रसारण गर्नुपर्ने , बिज्ञापनमा एक रुपता ल्याउन माग गर्ने लगाएतका रहेका छन ।

सामुदायिक रेडियो प्रसारक संघका प्रदेश नम्वर ५ का अध्यक्ष केपि घिमिरेको अध्यक्षता तथा प्रदेश नम्वर ५ का आन्तरिक मामला तथा कानुन मन्त्रि कुल प्रसाद केसी सोनामको प्रमुख आत्थ्यिता तथा प्रदेश सांसद रेवतीरमण शर्माको विशिष्ट आतित्थ्यतामा भएको साधारण सभा उदघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले देशको बिकासमा अव सामुदायिक रेडियोहरु लाग्न सुझाव दिएका थिए । मुलुकमा राजनितिक परिवर्तन पछि अव देश आर्थिक समृद्धिको यात्रामा अगाडि वढेको भन्दै बक्ताहरुले सरकारलको लक्ष्यलाई सहयोग पु¥याउने गरि कार्यक्रमहरु ल्याउन सामुदायिक रेडियोहरुलाई सुझाव दिएका थिए ।

अव मुलुकमा तिव्र रुपमा बिकास हुने र त्यसको खवरदारि रेडियोहरुले गर्नु पर्नेमा बक्तहरुको जोड रहेको थियो । बिकास निमार्णमा हुने ढिला सुस्ती , आर्थिक अनियमितता र अन्य बिभिन्न नागरिक सरोकारका बिषयहरुलाई रेडियोहरुले आफनो प्रमुख प्राथमिकतामा पार्न बक्ताहरुले सुझाव दिएका थिए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डे, घोराही उपमहानगरपालिका मेयर नरुलाल चौंधरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसीङ डाँगी, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौंधरी, सामुदायिक रेडियो प्रसार संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, महासचिव गोविन्द देवकोटा, निवर्तमान अध्यक्ष मोहन चापागाई, नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, मानवअधिकारकर्मी शोभाकर बुढाथोकी, सामुदायिक रेडियो प्रसारकसंघका संस्थापक दधिराम सुवेदी, क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर सरसफाई अभियान कर्ता बिमल रिजाल, सामुदायिक रेडियो प्रसारक संघका प्रदेश ५ का उपाध्यक्ष राजु खनाल लगाएतले सम्बोधन गरेका थिए ।

सो अवसरमा दाङको रेडियो स्वर्गदारी, पाल्पाको रेडियो मदन पोखरा, वुटलको रेडियो लुम्बिनी र जग्गा प्रदान गर्ने लमही नगरविकास समितिलाई सम्मान गरिएको थियो । त्यसैगरि औपचारिक कार्यक्रम शुरु हुनुपुर्व सामुदायिक रेडियोमा नसुनियका स्वरहरु र रेडियोले कसरी सम्वोधन गर्ने भन्ने बिषयमा वहस समेत गरिएको थियो त्यस्तै स्थानिय विकास र समृद्धिमा सामुदायिक रेडियोको भुमिका बिषयमा पत्रकार वसन्त बिवस आचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यपत्र माथि पत्रकार सुदिप गौतम र रेडियो मध्य पश्चिमका अध्यक्ष माधव शर्माले टिप्पणि गर्नु भएको थियो । सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण प्रदेश सचिव संगित वस्यालले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्