अपागंता भएका व्यक्तिहरु लाई शैक्षिक सामग्री तथा बाख्रा वितरण



देवमणि गौतम

जेठ २४ जेठ।

वडा स्तरिय अपागं सन्जाल ले आज तुलसीपुर ८ अस्वाराका अपागंता भएका व्यक्तिहरु लाई शैक्षिक सामग्री तथा बाख्रा वितरण गरेको छ । तुलसीपुर उपमहानगर पालिका वडा नं.८ की अपागं सन्जालकी अध्यक्ष तेज कुमारी भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । वडा अध्यक्ष बेद बहादुर के.सी को. प्रमुख आथित्यता तथा राप्ती बहिरा संघकी निर्देशक प्रतिमा शर्माको विशिष्ट आथित्यमा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष के.सी.ले अपाङ बालवालिकाको लागि शैक्षिक सामग्री वितरण गरी उनीहरुको भविष्य उज्वल बनाउन प्रतिवद रहेको बताउनु भयो साथै उहाले आर्थिक अभावकै कारण कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नहुने धारणा राख्नु भयो । यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अथिति शर्माले यस वडाले राप्ती बहिरा सघं संग सहकार्य गरी वडालाई अपाङ्ग मैत्री बनाउन भुमिका खेलेकोमा खुशी व्यक्त गर्नु भयो साथै आगमी दिनमा संघले यस्ता खालका कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबदता जनाउनु भयो । कार्यक्रममा अपाङ्गता भएका १३ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो भने १० जनालाई बाख्रा वितरण गरीएको थियो ।

कार्यक्रमका अथितिहरुमा वडा स्तरीय बाल संरक्षक तथा संम्बर्दन समितिका अध्यक्ष देवमणी गौतम, नगर स्तरीय अपाङ्ग सञ्जालकी महासचिव देवा डाँगी, स्थानीय तारा प्रसाद भुसाल रहनुभएको थियो । कार्यक्रमको संचालन वडा बाल सञ्जालका सचिव बालकुमार शर्माले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्