देउखुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ वर्षिय बालिकाको मृत्यु,३१ जना घाइते



दाङ २५जेठ।
बस दुर्घटना हुँदा देउखुरीमा एक जनाको भारतीय मुलका ५ वर्षिक बालकको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । जनकपुरबाट नेपालगञ्जका लागि छुटेको ना ५ ख १८२९ नम्बरको यात्रुबाहक वस शुक्रवार विहान साढे ६ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा स्थित लठ्ठहवा कुलोमा खस्दा दुर्घटना भएका हो ।

दुर्घटनामा परी भारत उत्तर प्रदेश लक्षीमपुरका ५ वर्षिय नुरवी नाइको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । बसमा सवार ४०–४५ जना यात्रु मध्ये ३१ जना घाइते भएका छन् ।

घाइते मध्ये ३० जना गम्भीर घाइतेको कोहलपुरमा र अन्यको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । चालक र सहचालकको भने पहिचान हुन सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्