कुमालको पेशा संकटमा पर्ने खतरा, युवाहरु माटोका भाडा बनाउन छोड्दै



दिपक बोहरा,
तुलसीपुर २५ जेठ ।

कुमालहरुको पहिचान बनेको माटाका भाँडा बनाउन कुमाल युवाहरुले कुनै चासो दिएका छैनन् । पुर्खाहरुले यहाँ सम्म ल्याएको माटाका भाडा बनाउने पेशाप्रति युवाहरुको चासो घट्दा पेशा नै संकटमा पर्ने खतरामा छ । युवाहरुले माटोका भाडाहरु बनाउन छोड्दा पेशा नै संकटमा पर्ने खतरामा रहेको दाङका कुमाल अगुवा प्रेम कुमालले बताए । दाङको प्रेसीनी,देउखुरीलगायतका क्षेत्रमा माटोका भाडा बनाउने गरिन्छ । तर ती माटाका भाडाहरु परम्परा देखि गर्दै आएका बृद्धबृद्धाहरुले मात्रै बनाउदै आएका छन्, युवाहरुले अहिले सम्मा माटोका भाडा बनाउने तर्फ कुनै चासो नदिएको प्रेम कुमालको भनाई छ ।‘युवाहरुले माटोका भाडा बनाउने पेशा छोड्दै गईरहेका छन्’ उनले भने‘जसले गर्दा पेशा नै संकटमा पर्ने खतरा छ ।’ युवाहरुलाई पेशा प्रति आकर्शन गर्न बिभिन्न तालिमहरुको आयोजना गरेपनि ब्यबहारमा नउतारेको उनको भनाई छ । माटोका भाडा बजारमा प्रशस्त माग हुने गरेपनि युवाहरुको चासो नहुँदा पर्याप्त मात्रामा बजारमा भाडा पु¥याउन नसकिएको उनको भनाई थियो । ‘माटाको भाँडा बनाउने पेशा कुमालको पहिचान हो’ उनले भने‘तर यो पेशा संरक्षणका लागि युवाहरुले चासो दिने गरेका छैनन् ।’ दाङको तुलसीपुर ७ प्रसेनीमा करिब तीन सय कुमाल समुदायको बसाृेबास रहेको छ । ति कुमाल समुदायले पुर्खा देखि नै माटोका भाडा बनाउने पेशा अंगाल्दै आएका थिए । अब युवाहरुलाई माटोका भाडा निर्माण गर्ने तर्फ प्रोत्साहन गर्न आबश्यक रहेको उनको भनाई थियो ।

कुमाल समुदायको पेशा जोगाई राख्न पहल थाल्ने कुमाल समुदायका युवा नेता तथा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दिपक कुमालले बताए । ‘कुमालको माटाका भाडा बनाउने पेशा लोप हुने अबस्थामा छ’ उनले भने‘यो पेशालाई जोगाई राख्न स्थानीय सरकारबाट पहल थाल्छु ।’ साथै उनले अब परम्परागत रुपमा नभई पेशालाई प्रबिधियुक्त बनाउने बताए । ‘अब पनि परम्परागत ढंगबाट माटाका भाडा बनाउने कार्य गरेर समृद्ध बन्न सकिदैन्’ उनले भने‘अब पेशालाई आधुनिकतामा ढल्काउनै पर्छ । ’

कुमालहरुले माटाका बिभिन्न भाडाहरु बनाउने आएका छन् । पछिल्लो समय नयाँ नयाँ खालका माटाका भाडाहरुको माग भईरहेको कुमाल अगुवाहरुले बताएका छन् । माटाका भाडा प्लेट, चियादानी, गमलालगायत बढि माग हुने गरेको उनीहरुको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्