खेलकुदको बिकासका लागि सक्दो पहल गर्नै – मेयर चौधरी



सैघाली खबर,
घोराही, २६ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले खेलकुदको बिकासका लागि सकारात्मक प्रयास भइरहेको बताउनुभएको छ । दाङमा क्रियासिल पत्रकारहरुका लागि एक दिने समाचार लेखन तालिमको उद्घाटन गर्दै प्रमुख चौधरीले यस्तो बताउनुभएको हो ।
जिल्लामा खेलकुदको बिकासका लागि सबै स्थानीय तहले प्रयास गरीरहेको भन्दै घोराहीमा फुटबल र क्रिकेटका ठुला प्रतियोगीता भइरहेको जानकारी दिनुभयो । क्रिकेट र फुटबलको मैदान निर्माण प्रयास भइरहेको भन्दै खेलसंग संघसस्थाहरुले आफ्नो भुमिका बढाउनुपर्ने बताउनुभएको हो ।
प्रेस चौतारी नेपाल दाङ र प्रेस सेन्टर नेपाल दाङको सयुक्त आयोजना र दाङ क्रिकेट संघको प्राबिधीक सहयोगमा तालिमको आयोजना गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले खेलकुदको बिकासका लागि सबैको सरोकार र चासोको बिषया बन्नुपर्ने बताएका थिए ।
प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष जेएन सागरको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएका थियो । त्यस अबसरमा सामाजिक बिभागका सदस्य बिकीरण गौतम, प्रचार विभाग प्रमुख शरद अधिकारी, नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय सदस्य अजयदिप शर्मा, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सबिन प्रियासन, दाङ क्रिकेट संघका सल्लाहकार किशोरचन्द्र गौतम, प्रेस युनियन दाङका उपाध्यक्ष बसुन्धरा गौतमले बोल्नुभएको थियो ।
प्रेस सेन्टर नेपाल दाङका कार्यबहाक अध्यक्ष प्रकाश चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस चौतारी दाङका सचिव प्रेमबहादुर राम्जाले गर्नुभएको थियो । २८ जना पत्रकार सहभागी रहेको तालिमको प्रशिक्षकमा दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैया, सल्लाहकार किशोरचन्द्र गौतम, खेल शिक्षक देबेन्द्रसिंह ठकुरी रहनुभएको छ । दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले दाङमा क्तिकेटको सम्भाबना धेरै छ तर ब्यवस्थित ठाउ नभएकाले अपठेरो पर्ने गरेको बताउनु भयो।२०५४ सालमा दाङमा क्रिकेटको स्थापना भएको थियो। दाङबाट मसिहला पुरुष गरी ७ जना अन्तराष्ट्रिय खेलाडी उत्पादन गरीसकेको बताउनु भएको ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्