डा.देवकोटालाई पुर्ख्यौली घर किन लगियो कारण यस्तो छ



गोरखा  २६ जेठ  वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर पुगेर फर्किएका छन् । न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटालाई उनको इच्छाअनुसार शनिबार दिउँसो जन्मथलो गोरखा लगिएको  थियो ।

 

 

डा. देवकोटाले परिवारका सदस्यहरुसँग पुर्ख्यौली घरको पिँढीमा बसेर सुस्ताउने र सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेका थिए ।देवकोटालाई चिकित्सक र परिवारका सदस्यहरुले हेलिकोप्टरमा बोहारा गाउँमा लगेका थिए । घरभन्दा करिब समय मिटर माथि हेलिप्याड बनाइएको थियो । उनी आउने खबर पाएर ४/५ सय आफन्त तथा शुभचिन्तक जम्मा भएका थिए ।

 

देवकोटाले घरमा लगेर पिँढीमा राखियो । लगतै घर नजिकै रहेको सिस्नेधाराको पानी ल्याएर खुवाइएको छ । गिलासको पानी चच्चाको सहयोगले डा. देवकोटालाई पानी खुवाइएको थियो ।‘यो मुलको पानी हो । घर नजिकै सिस्नेधारा छ’ डा. देवकोटासँगै रहेका आशिष देवकोटाले  भने ।पुर्ख्यौली घरमा पुग्दा देवकोटाको मुहार हँसिलो देखिएको थियो । उनलाई भेट्न आएका आफन्तहरुसँग दोहोरो सम्वाद भने भएन ।

‘उहाँ होसमै हुनुहुन्छ । म कहाँ आइपुगेँ भन्ने पनि थाहा छ’ आशिषले भने, ‘चिकित्सक र परिवारका सदस्यसँग कुरा हुन्छ । तर, अरुसँग दोहोरो कुराकानी गर्नु भएको छैन ।’डा. देवकोटालाई शनिबार नै काठमाडौं ल्याइएको छ । त्यसका लागि भने घरमुनी अर्को हेलिप्याड बनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्