रगत अभाव हुन नदिन वीर अस्पतालमा खुला रक्तदान



जेठ २७ , काठमाडौं । नेपाल स्वास्थ्यकर्मी संघको २७ औंस्थापना दिवसको अवसरमा देशकै जेठो अस्पताल वीर अस्पतालमा खुला रक्तदान आयोजना गरिएको छ । अस्पतालमा रगत अभाव बढिरहेका बेला संघले खुला रक्तदानका लागि आह्वान गरेको हो ।

संघको केन्द्रीय समिति र वीर अस्पताल एकाइको संयुक्त आयोजनामा भएको रक्तदानमा स्वास्थ्यकर्मी र सर्वसाधारण तथा विरामीका आफन्त समेत सहभागी भएको संघमा महासचिव दिपक मुडभरीले बताए ।

 

 

हाल अस्पतालहरुमा रगतको समस्या देखिएकाले संघ स्थापना दिवसमा अन्य कार्यक्रमभन्दा रक्तदान गर्दा विरामी र अस्पताललाई सहयोग पुग्ने भएकाले यस्तो कार्यक्रम राखिएको मुडभरीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्