तुलसीपुर उपमहानगरमा बुझायो जनमोर्चाले ज्ञापनपत्र



दिपक बोहरा

तुलसीपुर २७ जेठ ।

राष्ट्रिय जनमोर्चा दाङले तुलसीपुर उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । स्थानीय सरकारमा सुशासन कायम गर्न माग गर्दै जनमोर्चाले बिभिन्न २८ बिषय समेटिएको ज्ञापन पत्र बुझाएको हो । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको नेतृत्वमा आाएको टोलीले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा बिकासको नाममा रकम दुरुपयोग नगर्न, बिद्यालय क्षेत्रलाई सेवा मुखी बनाउन, आर्थिक अनुदान न्यायपूर्ण तथा पारदर्शी बनाउन, सहज खानेपानीको ब्यबस्था गर्न, बाँझो जमिन सदुपयोग गर्न, अबैद्य उत्खनन बन्द गर्नमाग सहितको ज्ञापन पत्र बुझाएको छ ।

त्यस्तै सहज स्वास्थ्य उपचारको ब्यबस्था, प्राकृतिक प्रकोप पीडितलाई सहज राहात, अब्यबस्थित औद्योगिकरण निरुसाहित गर्न, बन क्षेत्रको बिस्तार गर्न, सरकारी कार्यालयमा बिचौलियाको अन्त्य गर्न, निश्पक्ष न्याय, कर्मचारीलाइ कर्तब्यमूखी बनाउन, बिकास निर्माणलाई तिब्र पार्न, बिद्युत अनियमितको समस्या समाधान गर्न , सार्बजनीक यातायातको सेवा प्रभाबकारी बनाउन, सुकुम्बासी समस्या समाधान गर्न, शिक्षकदरबन्दीमिलान गर्न लगायतका माग राखेका थिए ।

ज्ञापन पत्र बुझाउन जनमोर्चाका नेता भरत भण्डारी, शुक्रराज भण्डारीसहितको टोली पुगेको थियो ।

 

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्