छक्का पञ्जा-३’ मा स्वस्तिमाको इन्ट्री



काठमाडौं

हाल छायांकनरत फिल्म छक्का पञ्जा(३ मा स्वस्तिमा खड्काको इन्ट्री भएको छ। पोखरमा छायांकन भइरहेको फिल्ममा स्वस्तिमाले शनिबार सुटिङ ज्वाइन गरेकी हुन्। फिल्ममा स्वतिमाको केही सिन र एक गीत रहेको छ। उनले अन्य सिन सकिसकेकी छन् भने गीत बाँकी छ। फिल्म ुछक्का पन्जा(३ु को छायांकन अन्तिम चरणमा पुगिसकेको छ।

पोखरमा केही दिनको सुटिङ सेड्युल सकेर फिल्म युनिट काठमाडौं फर्किने र बाँकी छायांकन काठमाडौंमै गरिने निर्माण युनिटले बताएको छ। दीपाश्री निरौला फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ।

फिल्ममा प्रियंका कार्कीको पनि केमियो रहनेछ। दीपकराज गिरीको कथा रहेको फिल्ममा दीपक, जितु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ। पुरुषोत्तम प्रधानले फिल्मको छायांकन गरिरहेका छन्। फिल्मलाई दसौँमा रिलिज गर्ने निर्माण युनिटले घोषणा गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्