चलचित्र ‘चिमुसीची’को शिर्ष गीतमा नम्रता सापकोटा (भिडियो)



दाङ,३० जेठ ।  चलचित्र ‘चिमुसीची’को शिर्ष गीत सार्वजनिक भएको छ । साउन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको म्यूजिकल थ्रिलर चलचित्र ‘चिमुसीची’ सार्वजनिक गीतमा नायिका नम्रता सापकोटालाई फिचरिङ गरिएको छ ।

पहिलो नेपाल आइडलको उत्कृष्ट पाँच पर्न सफल सुजाता पाण्डेको स्वर रहेको यस गीतमा सन्तोष पोखरेलको शब्द रहेको गीतमा करणराज कार्कीको संगीत छ । गीतमा चलचित्रका मुख्य कलाकार सुनिल क्षेत्री र अलिशा शर्माका र शिवराज शर्मा देखन सकिन्छ । गीतमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।

 



चलचित्रमा सुनिल र एलिासको अलवा सुशान्त कार्की, कमली वाइवा, सशांक बस्याल, शेखर सुवेदी, शिवराज खत्री लगायतको मुख्य भूमिका छ ।चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । यस फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् ।

शिवराज कार्की कार्यकारी निर्मातामा रहेको ‘चिमुसीची’ अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । सुरज अधिकारीको संगीत बासु न्यौपानेको छायांकन र भूपेन्द्र अधिकारीको चलचित्रमा सम्पादन रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्