डिआइडी अब डिआइएन सिजन ३ पहिलो अडिसन असार २ गते प्युठानमा हुने



नबिन कुमाल

दाङ ३० जेठ

 

बहुप्रतिस्ठित राष्ट्रव्यापि नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ ( डिआइडी) अब डान्स आइकन नेपाल (डिआइएन) को नाममा आयोजना हुनेभएको छ । नेपालको दुरदराजमा रहेका प्रतिभाहरुको खोजिगरी राष्ट्रिय स्तरको मञ्च प्रदानगर्ने उद्धेस्यले आयोजना गरीनलागेको महासंग्रामको प्रथम सुभारम्भ अडिसन यहि असार २ गते प्युवान जिल्लाको बिजुरवारमा आयोजना हुने डीटेन इन्टरटेन्मेन्टका सिईओ बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो । कला संस्कृतिको उन्नयनमा समर्पीत डीटेन इनटरटेन्मेन्ट प्रा.लि.को व्यानरमा संचालनमा आएको महासंग्राममा नेपाल अधिराज्य भरिबाट सबै उमेर समुहका व्यक्तिहरुले भाग लिन पाउने प्युठान संयोजक प्रमोद कर्माचार्यले बताउनुभयो । केन्द्रिय तथा स्थानीय टेलिभिजनहरुबाट प्रसारणगरीने प्रतिस्पर्धामा प्रथम हुने लाई स्कूटर सहित सबै टाइटल बिजेताहरुलाई विभिन्न प्रकारका आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ । यसैगरी महासंग्रामको टाइटल प्रायोजन समाजसेवी तथा युवा व्यवसायी अभियान बस्नेतले गर्नुभएको आयोजकले जनाएको छ । नेपालका सबै मुख्य मुख्य सहरहरुमा अडिसन लिई प्रतिस्पर्धा संचालन गरीने भएको छ । २०७३ सालबाट डान्स आइकन नेपाल ( डिआइडी ) लाई नृत्यकारहरुको माग अनुसार डान्स आइकन नेपाल ( डिआइएन) नामाकरण गरीएको देवकोटाले बताउनुभयो । यसैविच प्युठान जिल्ला संयोजक प्रमोद कर्माचार्यले एक बिज्ञप्ति जारी गर्दे असार २ गते आयोजना हुने अडिसनमा भाग लिन सम्पुर्ण नृत्यकार तथा नृत्याङ्गणाहरुलाई आह्वान गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्