काठमाडौं । आधा भन्दा बढी छायांकन सकिएको चलचित्र ‘रोजी’को छायांकन स्थगित भएको छ । निर्देशक निरक पौडेलको अनुसार विवादका कारण छायांकन स्थगित गर्नुपरेको बताए ।
नायक प्रदिप खड्काको मुख्य भूमिका रहेको यस चलचित्र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको ठाडो आदेशमा चलचित्रको छायांकन स्थगित भएको हो । रोजी महर्जनको हत्यकाण्डमा चलचित्र बनिरहेको खबर सार्वजनिक भएपछि रोजीको परिवारले आपत्ती जनाएको हो ।
चलचित्र विकास बोर्डमा विभिन्न चरणमा कुराकानी भएपनि सहमति हुन सकेको छैन ।
बिहिबार पनि बार्ता भएको थियो । तर, कुराकानी सहमतीमा पुग्न नसकेपछि अर्को बुधबार सम्मलाई चलचित्रको छायांकन स्थगित गरिएको हो ।
यसरी, चलचित्रको छायांकन स्थगित हुँदा निर्मातालाई लाखौ घाटा हुनेछ । रोजीको परिवारले भने छोरीको कथामा चलचित्र बन्न नदिने बताएको छ ।
प्रदिप खड्का, परमिता आर एल राणा र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रको अब २० दिनको छायांकन बाँकी रहेको छ ।khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।