‘वीरङ्गना’को एक्सन ट्रेलर रिलिज



असार ४ काठमाडौं । असार २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक गरिएको छ। एक्सन प्रधान ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू अनुपविक्रम शाही, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाईलाई देख्न सकिन्छ। ट्रेलरमा बाँदर र घोडालाई पनि देखाइएको छ। राजबहादुर सानेको निर्देशनमा तयार भएको फिल्ममा शिल्पा र अनुप र पृथ्वीराजसँगै धीरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल, अंशु थापा, अमृत सापकोटालगायतको अभिनय रहेको छ। ुफोर्थ आई मुभिजुको ब्यानरमा निर्माण भएको फिल्ममा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र विमला भट्टको संयुक्त लगानी रहेको छ। फिल्ममा देव तामाङ सहनिर्माताको रूपमा रहेका छन्। फिल्मको वितरणको जिम्मा काठमाडौंमा ुबि के फिल्मस्ु र काठमाडौंबाहिर एफडी कम्पनीले लिएको छ।

हेर्नुहोस् ट्रेलर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्