दाङमा गर्मीले जनजीवन बेहाल बिमारी हरुको चाप बढदै



सागर थापा, दाङ ६ असार।

असारको पहिलो हप्तादेखि दाङ जिल्लामा राम्रो सङ पानी पनि पर्न सकेको छैन जसका कारण उखरमाउलो गर्मीले यहाँको जनजीवन निकै प्रभावित भएको छ । चर्को घाम र छहारीमा बस्दा समेत तररी पसिना आउने उम्सोले सार्वसाधरणको दिनचर्या कष्टकर बनेको छ ।

गर्मी सुरु भए यता दाङमा अहिलेसम्म ठुलो मनसुन झरी परेको छैन पानी नपर्ला दाङ जिल्ला बासीहरु उखरमाउलो गर्मीको कारण सास्ती भोग्नु परेको हो । गर्मी बडेसंगै बजारमा उपभोक्ता र विभिन्न कार्यालयहरुमा सेवाग्राहीको उपस्थित पातलिएको देख्न सकिन्छ ।

अत्यधिक गर्मी बढ्नुका साथै अस्पतालमा बिरामीहरुको चाप बढ्दै गैरहेको छ । जसकारण डाक्टरहरुलाई बिरामी थाम्न हाम्मे हाम्मे परेको छ ।

अस्पतालमा बिहान १० बजेदेखि बिरामीहरु चेक्जाँचका लागि लाइनमा हुने गर्छन तर समयमा डाक्टर नआउँदा बिरामीहरुलाई सास्ती खेपनु परेको पीडितको भनाइ छ ।अत्यधिक गर्मीका कारण घाउ खटिरा आउ मासी टाइफाइड ज्योरो झाडापखाला लगाएतको सरुवा रोगको बिमारीको चाप पनि राप्ती उपक्षेत्रीय अस्पताल घोराही दाङमा बिमारीहरु बढन थालेको राप्ती उपक्षेत्रीय अस्पतालका डाक्टर जित नारायण यादवले जनाएका छ्न ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्